Comments Add Comment

आँचल–उदिपको बिहेमा को–को पुगे ?

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले आफ्नो बिहे र पार्टीलाई भव्यताका साथ सम्पन्न गरेका छन् । उनीहरुले शनिबार बेलुकी काठमाण्डौको हायात होटलमा आयोजना गरेको बिहे पार्टी निकै नै भव्य थियो । बिहे पार्टीमा करिब एक हजार निम्तालु पुगेका थिए ।

आँचल र उदिपका आफन्त, साथीभाई, चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती बिहे पार्टीमा देखिएको थियो । आँचल र उदिप होटलसम्म हेलिकप्टरमा पुगेका थिए । यहीबाट नै उनीहरुको बिहेको भव्यताको आँकलन गर्न सकिन्छ ।

हायात होटलमा आयोजित पार्टीमा चलचित्र क्षेत्रमा थुप्रै चलचित्रकर्मी पुगेका थिए । निर्माता किरण केसीले आफूले यती भव्य पार्टी यस अगाडि कुनै पनि कलाकारको नदेखेको बताए ।

यस्तै, मोडल नीती शाह, नायिका रेखा थापा, वर्षा राउत, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, साम्राज्ञी आर एल शाह, केकी अधिकारी, रीमा विश्वकर्मा बिहे पार्टीमा देखिए । यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकारद्धय दीपकराज गिरी र केदार घिमिरे, वसुन्धरा भुषाल, कलाकार संजोग कोइराला, चलचित्र ‘झिंगे दाउ’का निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक शिवहरि पौडेल पनि पार्टीमा सहभागी भए । पनि पार्टीमा पुगेका थिए ।

हाँस्य कलाकार हरिवंश आचार्य, नायक आर्यन सिग्देल, पुष्प खड्का, निर्देशक विकासराज आचार्य पनि पार्टीमा पुगेका थिए । कलाकारहरुले आँचल र उदिपको जोडी निकै नै सुहाएको भन्दै वैवाहिक जीवनको शुभकामना दिएका थिए ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment