+
+
Shares

कोराना नआओस भन्दै शैलेश्वरीमा भाकल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १४:०३

२ चैत्र, डोटी । संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ ।

कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए ।

‘हामीले भाकल गरेका छौं, माता शैलेश्वरीको कृपादृष्टिले कोरोनाको संक्रमण हाम्रो क्षेत्रमा आउने छैन,’ अध्यक्ष भट्टले भने, ‘भगवान शिवले सयल गरेको ठाउँ, भगवान रामचन्द्रले यज्ञ गरेको यो पवित्र भूमिमा यस्ता संक्रमण आउने छैन् भन्ने हामीलाई विश्वास छ ।’

अध्यक्ष भट्टले कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि वैशाखमा शैलेश्वरी मन्दिरमा क्षमा पूजा गरिने समेत बताए । उनले कोरोना संक्रमण यता नफैलिने विश्वास गर्दै क्षमा पूजाका लागि तयार रहन पनि स्थानीयवासीलाई आग्रह गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?