+
+
Shares

कोटेश्वर-कलंकी सडकमा पनि लेन प्रयोगको नयाँ नियम लागू

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १४:१३

२ चैत, काठमाडौं । कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा पनि सवारी साधनलाई लेन प्रयोगमा नयाँ नियम लागू गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले कोटेश्वरमा आइतबार संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको सुरूवात गरेका हुन् ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको ढकालले जानकारी दिए ।

सचेतनाको लागि प्ले कार्ड

सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारी मूलक बोर्डहरू राखिएका छन् ।

उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए

केही समय पश्चात नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।

मासिक ८० को हाराहारीमा सवारी दुर्घटना

देश कै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले  उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमूना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?