Comments Add Comment

विशाक्त मदिराले मृत्यु भएका परिवारलाई जनही ३ लाख : मुख्यमन्त्री

३ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विशाक्त मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई ३ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृतकका परिवारलाई भेटेर मुख्यमन्त्री राउतले जनही ३ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गराउने बताएका हुन् । रमदैया गाउँमा विशाक्त मदिरा सेवनबाट एक दर्जन बढीको मृत्यु भइसकेको छ ।

खुला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने भन्दै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए । उनले प्रदेश सरकारले चाँडै प्रदेश २ लाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको दोहोर्याए ।

मुख्यमन्त्रीसँगै रमदैया पुगेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सोमबारै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रण सम्बन्धी ठोस निर्णय लिइने बताए ।

धनुषाको रमदैया र जनकपुधाममा खुला रक्सीका कारण झण्डै दुई दर्जन व्यक्तिको ज्यान गइसकेको छ । प्रशासनले भने नौ जनाको मात्रै रक्सीका कारण मृत्यु भएको र अरुको अन्य रोगका कारण मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment