+
+
Shares

खीर व्यापारबाट लाखौं आम्दानी

रासस रासस
२०७६ चैत ३ गते १२:२८

३ चैत, डडेल्धुरा । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौं रुपैयाँ आम्दनी गर्ने गरेका छन् ।

डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कमा विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । ‘खीर बाजे’का नामले परिचित देउवा मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् । सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन् ।

ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उनी अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए ।

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ । उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए । खीर व्यवसायबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आइरहेका छन् ।

भीमदत्त राजमार्गमा यातायात सञ्चालन सुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन् । प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ । आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?