Comments Add Comment

तुलसी दिवसलाई देवकुमारी पुरस्कार

३ चैत, काठमाडौं । बबरसिंह सेवा गुठी विराटनगरले २०७६ को ‘देवकुमारी थापा स्मृति पुरस्कार तथा सम्मान’ संस्कृतिविद् तुलसी दिवसलाई दिने भएको छ ।

उक्त गुठीले प्रदान गर्ने उक्त पुरस्कार राशी ५१ हजार रुपैयाँको रहेको छ  । यस्तै २५ हजार राशीको ‘बबरसिंह थापा स्मृति सम्मान कलाकार’ इटहरीका कलाकार बिक्रम श्रीलाई दिइने भएको छ  ।

संस्थाको पुरस्कार छनोट समितिको बैठकले यसपटक देवकुमारी थापालाई विषय बनाएर विद्यावारिधि गर्ने दार्जिलिङका दीपेन घिसिङलाई विशेष सम्मान गर्ने निर्णय पनि गरेको छ । संकृतिविद्  दिवसका नेपाली लोकसंस्कृति सम्बन्धी एक दर्जन पुस्तक र एक कविता संग्रह ‘तुलसी दिवसका कविता’ प्रकाशित छ । यस्तै कलाकार विक्रम श्री डेढ दशकदेखि मूर्तिकलामा सक्रिय छन् ।

संस्थाका अध्यक्ष कविराज न्यौपानेका अनुसार हरेक वैशाखको पहिलो साता पुरस्कार र सम्मान वितरण गर्दै आए पनि यसपटकको कार्यक्रम कोरोना संक्रमणले केही महिना पर सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment