 
																			३ चैत, काठमाडौं । कतिपय कर्मचारीको रुखो बोली र व्यवहारका कारण विवादमा आइरहने नेपाल प्रहरीमा नयाँ अभियान सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सेवाग्राहीलाई सम्मानका साथ ‘नमस्कार’ गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यसो गर्नाले एकआपसमा श्रद्धा समेत बढ्ने र सवारी नियम उल्लंघन गर्नेले हिनताबोध गर्ने ट्राफिक महाशाखाको ठहर छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटेर सिठ्ठी फुकेर लखेट्ने प्रवृत्ति अब देख्न नपाइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार सुरूवात गरका हौं’, ढकालले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।
‘गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एकआपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व–अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4