+
+
Shares

ट्रंकलाइन बापतको महसुल मिनाहा नभए उद्योग बन्द गर्छौं : उद्योगी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १९:२६

३ चैत, बुटवल । बुटवल–भैरहवा करिडोरका उद्योगीहरुले ट्रंकलाइन बापतको महसुल मिनाहा नभए उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।

आफूले माग नै नगरेको अवस्थामा विद्युत प्राधिकरणले २०७५ बैशाख देखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै ६७ प्रतिशत महंगो बिल एकैचोटी पठाएपछि उद्योगीहरुले अन्यायमा परेको भन्दै विभिन्न निकाय धाउँदै आएका छन् ।

भैरहवा–बुटवल कोरिडोरका २२ वटा उद्योगहरुमा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति गरेको भन्दै प्राधिकरणले भुक्तानीका लागि ३० करोड भन्दा बढी बक्यौताको बिल पठाएको उद्योगीहरुको भनाइ छ ।

प्राधिकरणले गत फागुन ८ गते ३५ दिने सूचना निकालेर उद्योगीलाई महसुल तिर्न भनेको थियो ।

सरकारले जबरजस्ती ट्रंक लाइन बापतको महसुल तिर्न बाध्य पारिए श्रमिकलाई बिदा गरेर उद्योग बन्द गर्ने चेतावनीसहित उद्योगीहरुले प्राधिकरणसमक्ष सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

साविकको ३३ केभीए पुरानो लाइन कायम गर्न बारम्बार माग गर्दा पनि एकलौटी निर्णयले फिडर परिवर्तन गरिएकोमा यसको छानबिन गर्न उद्योगीले माग गरेका छन् ।

ट्रंक लाइन विद्युत महसुल अनुसार एउटा उद्योगलाई मात्रै एक महिनामा ५० लाख देखि ७० लाख रुपैयाँ अतिरिक्त भार पर्ने पञ्चकन्या समूहका महाप्रवन्धक देवेन्द्र साहुले बताए ।

भैरहवा–बुटवल कोरिडोरका २२ वटा उद्योगमा ३० अर्ब बढी लगानी रहेको छ । यहाँका २२ उद्योगमा पाँच हजार बढी श्रमिक र कर्मचारी कार्यरत रहेका छन् ।

विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले उद्योगीहरुलाई जानकारी गराएर ट्रंकलाइन जोडिएको भन्दै यसको समाधान केन्द्रबाटै हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?