Comments Add Comment

पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना संक्रमण

४ चैत, काठमाडौं । पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ ।

टाइम २४ डट न्युज अनलाइन संस्करणका अनुसार, पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो ।

फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन ।

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment