४ चैत, काठमाडौं । पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइलन खेल स्थगित भएको छ । मंगलबार हुने भनिएको दुई सेमिफाइनल र बुधबार हुने फाइनल खेल स्थगित भएको हो ।
पीएसएलको आधिकारिक ट्वीटरबाट सेमिफाइनलका खेल (मुल्तान सुल्तानविरुद्ध पेशावर जाल्मी तथा कराँची किंग्सविरुद्ध लाहोर क्वालान्डर्सबीचको) र फाइनल खेल अर्को मितिमा गरिने जानकारी दिइएको छ ।
आयोजकको यो निर्णय सबैजसो फ्रेन्चाइज क्लबले स्वीकार गरेका छन् । कराँची किंग्सका मालिक सलमान इकवालले आफूहरुले दुई दिनअघि नै प्रतियोगिता रोक्न माग गरेको बताए ।
अहिले विश्वभर अन्य खेलकुद प्रतियोगिता स्थगित भइरहेको समयमा पाकिस्तान प्रिमियर लिगमात्र स्थगित भएको थिएन ।
प्रतिक्रिया 4