Comments Add Comment

अमेरिकामा कोरोना भाइरसको खोपको परीक्षण सुरु

काठमाडौं । अमेरिकाले विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको मानव परीक्षण सुरु गरेको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान खापको परीक्षण सुरु गरेको छ । अमेरिकी स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार अमेरिकाको सेटलबाट यो खोपको परीक्षण सुरु गरिएको हो । तर यो खोप सबैका लागि बजारमा उपलब्ध हुन १८ महिना लाग्नसक्ने बताइएको छ ।

किनकी यो खोपले काम गर्छ र सुरक्षित छ भन्ने जाँचका लागि अझै धेरै चरण पार गर्नुपर्ने हुन्छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का वैज्ञानिकले बायोटेक्नोलोजी कम्पनी मोडेर्नासँगको सहकार्यमा तयार पारेको यो खोपको नाम एमआरएनए–१२७३ दिइएको छ । परीक्षणका लागि अहिले १८ देखि ५५ उमेरसमूहका ४५ स्वस्थ मानिसको नाम दर्ता गरिएको छ । उनीहरुमा करिब छ साता यसको परीक्षण गरिनेछ । त्यसमध्ये पहिलो सहभागीमा सोमबार खोपको परीक्षण गरिएको हो ।

सन् २०१९ को अन्तिममा चीनमा देखिएको यो भाइरसबाट अहिलेसम्म विश्वभर १ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या पनि ७ हजार कटिसकेको छ ।

तर अहिलेसम्म कोभिड–१९ कालागि कुनै पनि प्रमाणित उपचार पद्धति तथा खोप छैन ।

यद्यपि खोपको पहिलो चरणको परीक्षण निकै तीव्र गतिमा गरिएको परीक्षण रहेको एनआईएचका अधिकारीले बताएका छन् । अहिले गरिएको परीक्षणमा सहभागीलाई दिइएको फरक डोजको खोपको प्रभाव कत्तिको पर्छ भन्ने कुराको मापन गरिनेछ । साथै उनीहरुलाई यो भाइरसको साइड इफेक्ट गर्छ वा गर्दैन भन्ने पनि मापन गरिनेछ ।

अन्तर्राष्ट्रिय दौड

अहिले विश्वभर कोभिड–१९ को उपचार तथा खोप लगाउने दौड चलिरहेको छ । यसअघि अमेरिकी वैज्ञानिकले पत्ता लगाएको रेम्डेसिभिरको क्लिनिकल परीक्षण एसियामा अन्तिम चरणमा छ । यो औषधिले काम पनि गरिरहेको विशेषज्ञहरुले बताएका छन् ।

अर्को अमेरिकी फर्मा इनोभियोले पनि डीएनएका आधारिक रहेर निर्माण गरेको खोप आगामी महिनादेखि परीक्षणमा आउनसक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार ८० प्रतिशत कोभिड–१९ को संक्रमितमा यसको समान्य संक्रमण देखिएको छ ।

पछिल्लो एक अध्ययनले संक्रमितमध्ये करिब १ प्रतिशत मानिसको ज्यान जाने गरेको देखाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment