Comments Add Comment

स्पेनमा निजी अस्पताल सरकारको नियन्त्रणमा

४ चैत, काठमाडौं । स्पेनको निजी अस्पताल र अन्य स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिंगो देशबासीलाई होम क्वारेन्टाइनमा राखेको सरकारले निजी अस्पताललाई सरकारी स्वास्थ्य निकायको नियन्त्रणमा राख्ने निर्णय गरेको हो । अब आवश्यक परेमा सरकारले निजी अस्पताल खरिद गर्नसक्छ ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इल्लाले कोरोना भाइरसविरुद्ध लड्न अघि सारिएको योजनाअनुसार नै यस्तो निर्णय गरिएको बताए । स्पेनको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई बचाइराख्न पनि यो निर्णय निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

अहिले सरकारले स्वास्थ्य निकायलाई दिएको अधिकारअनुसार स्वास्थ्य निकायले आवश्यक परेको खण्डमा होटलजस्ता सार्वजनिक भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएर त्यसमा कोरोना भाइरसको उपचारको व्यवस्था गर्न सक्नेछ । साथै सबै मेडिकल आपूर्तिकर्ताले सरकारलाई आवश्यक मेडिकल सामग्री उपलब्ध गराउनुपर्नेछ ।

मास्क, ग्लोब्सलगायत आवश्यक सुरक्षा सामग्री निर्मातालाई आफ्नो मौज्दात ४८ घण्टाभित्र सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment