+
+
Shares

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते ११:५९

विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि भन्दै गाईको गोबर र गहुँत बेच्न थालिएको छ ।

भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको डानकुनी इलाकाबाट कोरोनाको औषधि भन्दै गाईको गोबर र पिसाब बेच्ने एकजना मानिस पक्राउ परेका हुन् ।

दुध बिक्रेता माबूद अलि नामका ती व्यक्तिमाथि आममानिसलाई धोकाधडी गरेको र धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाइएको छ ।

समाचारअनुसार, अलीलले सोमबारबाटै कोरोनाको औषधि भन्दै गाईको गहुँत र गोबरको बिक्र सुरु गरेका थिए । उनले गाईको गहुँत प्रतिलिटर ५ सय भारु र गाईको गोबरप्रति किलो ५ सय भारुमै बेचिरहेका थिए ।

कलकत्ता र दिल्ली जोड्ने राष्ट्रिय राजमार्गको छेउमा अस्थायी पसल थापेर उनले गाईको गोबर र गहुँत बेचेका हुन् । पसलमा आउने ग्राहकलाई उनले गौंमूत्र र गोबरको सेवनले कोरोना भाइरस आक्रमणको खतरा नहुने बताउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?