Comments Add Comment

डेडिकेटेडको बिल नतिर्ने रघुपति जुटमलिको लाइन काटियो

५ चैत, काठमाडौं । विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको बिजुली काटेको छ । उद्योगले डेडिकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार २ सय रुपैयाँ वक्यौता तिर्न बाँकी छ ।

तर, पटक-पटक ताकेता गर्दा पनि महशुल नतिरेपछि मिलको लाइन काटिएको विद्युत प्राधिकरणले जनाएको छ ।

मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेपनि पालना नभएपछि लाइन काटिएको हो । ४४ किस्तामा महशुल तिर्न सुविधा दिएपनि कम्पनीले अटेरी गरेपछि विराटनगर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment