Comments Add Comment

घरेलु क्रिम बनाउने विधी : अनुहारलाई चम्किलो र मुलायम राख्न

छालाको चमक कायम राख्न, मुलायम बनाउन अक्सर हामी बजारको क्रिम लगाउने गर्छौैं । बजारमा थरीथरीका ब्रान्डका क्रिम पाइन्छ, सस्तोदेखि महंगोसम्म । आफ्नो रोजाइ अनुसार जस्तोपनि क्रिम खरिद गर्न सकिन्छ । प्रयोग गर्न सकिन्छ । यद्यपि बजारमा उपलब्ध क्रिम आफ्नो छाला अनुकुल नहुन सक्छ । महंगो त हुने नै भयो । अर्थात त्यसका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्ने हुन्छ । अर्को चाहि बजारमा उपलब्ध कस्मेटिक्सको साइट इफेक्ट पनि रहन सक्छ ।

त्यसैले घरमा उपलब्ध सामाग्रीको प्रयोगबाट घरेलु क्रिम तयार गर्न सकिन्छ । यस्ता क्रिम स्वास्थ्यमैत्री हुन्छ । वा छाला अनुकुल हुन्छ । घरमा बनाउने भएपछि खर्च पनि भएन ।

बेसन, बेसार र दुधको क्रिम

एक चम्चा बेसन, एक चम्चा क्रिम, एक चुट्की बेसार र आवश्यकताअनुसार दूध मिलाएर लोसन बनाउने । यसलाई अनुहारमा लगाएर १५ देखि २० मिनेटसम्म रहन दिने । सुकेपछि अनुहार धुनुस । जाडोमा छालाको रुखोपन हटाउनका लागि यो लोसन अत्यन्त फाइदाजनक हुन्छ ।

मुला, गोलभेडा र गुलाबजलको घोल

आधा चिया चम्चा मूलाको रस, आधा चिया चम्चा गोलभेडाको रस र आधा चिया चम्चा गुलाबजललाई मिसाउने । यसमा ५-६ थोपा कागतिको रस पनि हाल्ने । फेरि यसमा १ चियाचम्चा घिउ र आधा चिया चम्चा बेसारको धुलो मिलाएर घोल तयार पार्ने ।

यो घोललाई आधा घन्टासम्म अनुहारमा लगाएर छाड्नुपर्छ । त्यसपछि मनतातो पानीले अनुहार धुनुपर्छ । यसबाट छालाको रुखोपन हट्नुका साथै दाग धब्बा पनि हराउँछ र छालामा चमक आउँछ ।

 

जैतुनको तेल र श्रीखण्डको मिश्रण

नुहाउनु भन्दा अगाडि लोसन लगाउनुपर्छ । यसले गर्दा छाला रुखो हुँदैन र छालामा निखार पनि आउँछ ।

यसका लागि जैतुनको तेल, श्रीखन्डको धुलो र गुलाब जल मिलाएर लोसन बनाउने । त्यसलाई अनुहारमा, घाँटीमा तथा हात गोडामा लगाएर २० मिनेटजति छाड्ने । त्यसपछि मनतातो पानीले स्नान गरौ । जाडोमा मख्खनजस्तो नरम त्वचा पाउनका लागि यो सहज तरिका हो ।

मसुरोको दाल र दुधको लेपन

मुसुरोका दाललाई घिउमा भुट्ने । त्यसलाई दुधमा भिजाउने । जब मुसुरोको दाल राम्रोसँग फुल्छ, त्यसलाई पिसेर लोसन तयार गरौं । यसलाई अनुहारमा लगाउने र २ घन्टापछि धुनुपर्छ । छाला चम्किलो, उज्यालो एवं सुन्दर देखन थाल्नेछ । यो लोसनलाई फ्रिजमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।

गुलाबको पात र दुधको लेप

गुलाबको पत्तालाई पिसेर पेस्ट बनाउने । यस पेस्टमा दूध मिसाउने । उक्त क्रिमलाई अनुहार र शरीरका अन्य भागमा लगाएर मालिस गर्नुपर्छ । १ घन्टापछि नुहाउने । यसबाट छाला चम्किलो र मुलायाम देखिन्छ ।

मह र गुलाबजलको लेप

मह र गुलाबजल मिलाएर अनुहारमा लगाउने । यसलाई आधा घन्टासम्म छाड्नुपर्छ । फेरि तातोपानीले अनुहार धुने । यस्तो नियमितरुपमा गर्नाले केही दिनमै छाला चम्किलो देखिन थाल्छ ।

सुन्तलाको बोक्रा र मह

सुन्तलाको बोक्रालाई छाँया एवं ओझेलमा सुकाएर पाउडर बनाउने । यसलाई बट्टामा बिर्कोले बन्द गरेर राख्ने र आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ । सुन्तलाको पाउडरमा मह मिलाएर क्रिम बनाउनुपर्छ । यो क्रिम अनुहारमा लगाउने र सुकेपछि अनुहार धुनुपर्छ । जाडोमा यो क्रिमको नियमति प्रयोगल छाला गोरो हुन्छ र अनुहारको रुखोपन पनि हट्छ ।

मह र कागतीको रस

एक चम्चा मह र दुई चम्चा पाउडरमा आधा चम्चा कागतिको रस मिलाएर क्रिम बनाउने । यसलाई अनुहारमा मसाज गर्ने । । केही बेरपछि अनुहार सफा गर्ने । यसबाट छालाको रुखोपन हट्नुका साथै दाग धब्बा पनि हराउँछन् र अनुहार गोरो देखिन्छ ।

दुधको क्रिम र केसर

दुधको क्रिममा थोरै केसर मिलाएर अनुहारमा लगाउने । यसलाई आधा घन्टासम्म रहन दिनुपर्छ । अनि अनुहार धुने । यसबाट अनुहार गोरो देखिनुका साथै छाला नरम र मुलायम बन्नेछ ।

यो पनि

छालाको सौन्दर्य जोगाउने प्राकृतिक विधी भनेको, शरीरमा पानीको कमी हुन नदिनु हो । यसका लागि केहि सर्त आवश्याक छ । जस्तो,

१. पर्याप्त मात्रामा पानी वा झोल पदार्थ पिउने ।

२. अनुहार एवं छालाको सरसफाईमा खास ध्यान दिने ।

३. सन्तुलित खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा, सागसब्जी, फलफूल, सलादको सेवन गर्ने ।

४. प्राकृतिक वा घरेलु सौन्दर्य प्रसाधनको प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment