+
+
Shares

भारतबाट मुर्रा भैँसी ल्याउने काम चानचुने थिएन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको बताएका छन् ।
  • नेकपा निटक किसान महासंघको भेलामा उनले मुर्रा भैँसी ल्याउने काम किसानको जीवन परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गरे ।
  • प्रचण्डले आफ्नो सरकारको बजेट कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्प्रेरित गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए ।

२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् ।

नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए ।

‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा भैँसी लिएर आयो प्रचण्डले भनेर बडो खिल्ली उडाउने दुस्साहस गरे,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन । दशौं वर्षदेखि अरुले नसकेको कुरा थियो त्यो । त्यो मुर्रा भैँसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो ।’

साथै, उनले आफू प्रधानमन्त्री हुँदा कृषि र किसानसँग सम्बन्धित रहेर धेरै काम गरेको बताए ।

‘हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाखेरिको बजेट हेर्नुभयो भने, कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो । तपाईंहरूले त्यति ध्यान त आजभोलि दिन भ्याउनुहुन्नँ, अरु अरु काममा व्यस्त देख्छु,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?