+
+
Shares

लागूऔषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १३:४४

५ चैत, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध गाँजा र चरेससहित एक जना पक्राउ परेका छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका– ४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँ पक्राउ परेका हुन् ।

पटेर्वा सुगौली गाउँपालिका–२ बैधनाथपुरबाट पक्राउ परेका मियाँको साथबाट अवैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजा र २ किलो ५ सय ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

साइकलमा लागूऔषध लिएर हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिए ।

बरामद गरिएको लागूऔषध र साइकलसहित मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?