Comments Add Comment

अनन्या भन्छिन्–‘जान्हवीसँग मेरो प्रतिस्पर्धा’

बलिउडमा नायिका अनन्या पाण्डेको चर्चा चुलिएको छ । बलिउडका ठूला ब्यानरसँग उनको सहकार्य अगाडि बढिरहेको छ । यसैले पनि अनन्यालाई अब नयाँ पुस्ताकी उदाउँदी नायिकाको रुपमा हेरिएको छ ।

हालै एक अन्र्तवार्तामा अनन्याले आफ्नो प्रतिस्पर्धा बलिउड नायिका जान्हवी कपुरसँग भएको बताएकी छिन् । अनन्या र जान्हवीको बलिउड यात्रा एकसाथ सुरु भएको हो । यसैले पनि अनन्याले जान्हवीलाई आफ्नो प्रतिस्पर्धी भनेको हुनुपर्छ ।

बलिउडमा देखिएको परिवारवादको बिषयमा पनि अनन्याले आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले भनिन्–‘म मान्छु कि, धेरै बलिउडकर्मीलाई भेट्ने हुँदा हामीलाई फाइदा छ । हामी, सजिलैसँग बलिउडका मानिसहरुसँग भेट गर्न सक्छौ किनकी, हामी उनीहरुकै वरिपरी रहेर ठूलो भएका छौ । तर, मलाई अब मौका मिलिसकेको छ भने यसलाई गुमाउने कुरा हुँदैन । म मेरो पितालाई गौरवान्वित बनाउन चाहन्छु ।’

अनन्या अहिले साउथका स्टार विजय देवरकोन्डाको साथमा ‘फाइटर’ चलचित्रमा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment