+
+
Shares

सनराइज बैंकको ‘सनराइज एनआरएम डिपोजिट’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १४:०७

६ चैत, काठमाडौं । सनराइज बैंकले ‘सनराइज एनआरएम डिपोजिट एकाउन्ट’ संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्द्रित गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसीवाई फिक्स्ड डिपोजिट खाता खोल्न सक्नेछन् ।

जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वाषिर्क ४ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकषिर्त गर्ने बैंकको विश्वास छ ।

यसको लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९० प्रतिशतसम्मको कर्जा समेत लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?