
६ चैत, काठमाडौं । सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल खेल नखेलाउन निर्देशन दिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले २५ जनाभन्दा बढी जम्मा हुने सबै विषयमा रोक लगाइएकाले कार्यान्वयनका लागि प्रहरी खटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘फुटसल खेललाई पनि रोक्न भनिसकेका छौं ।’
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बुधबारै जिम, क्लब, दोहोरी साँझलगायतका स्थलमा प्रतिबन्ध लगाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4