Comments Add Comment

कोरोनाको जोखिम मधुमेह र उच्च रक्तचापका रोगीलाई ?

अहिले कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभरी नै मानिसहरु चिन्तित भएका छन् । यसको त्रास दिन-दिनै बढ्न थालेको छ । तर उचित सर-सफाई र आवश्यक मात्रामा आफ्नो हेरचाह गर्नाले यसको संक्रमणबाट बच्न सकिन्छ । यसको भाइरसको जीवाणु रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिहरुलाई आफ्नो चपेटामा सजिलै लिन सक्छ । जो व्यक्तिहरु क्यान्सर, मधुमेह र  उच्च रक्तचापबाट पीडित छन्, उनीहरुले आफ्नो स्वास्थप्रति धेरै ध्यान दिनु आवश्यक छ ।

मधुमेह भएका मानिसहरुमा रोग प्रतिरोधक क्षमता कम हुने भएकाले उनीहरुको शरीर कमजोर हुन्छ । तर केही सावधानिहरु अपनाउनाले यो रोगबाट आफुलाई बचाउन सकिन्छ । जुन निम्न अनुसार छ ।

ब्लड शुगरको स्तर नाप्ने मेशिनको सरसफाईमा विशेष ध्यान दिनु पर्छ

ब्लड शुगरको स्तर जाँच गर्नका लागि प्रयोग गर्ने मेशिनको सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ । यदि ब्लड शुगरको स्तर बिरामी स्वंयले नै गर्ने गरेको छ अथवा परिवारको अन्य सदस्यले यो काम गर्छ भने यसको सरसफाईमा विशेष ध्यान दिनु आवश्यक पर्छ ।

यसका लागि सेनिटाइजरको केही थोपाले ब्लड शुगरको स्तर जाँच गर्ने मेशिनमा लगाएर त्यसलाई सफा गर्न सकिन्छ । त्यसो गर्दा मेशिनमा यदि कुनै प्रकारको भाइरस समावेश रहेछ भने पनि सेनिटाइजरले सफा गर्दा त्यसबाट हुने संक्रमणको खतरा धेरै कम हुन्छ ।

सर-सफाईमा ध्यान दिनु पर्छ

सर-सफाई भन्नाले हातलाई नियमित साबुन, पानी र सेनिटाईजरले धुनु पर्छ । रुघाखोकि र ज्वरो आएको व्यक्तिहरुबाट टाढा रहने काशिश गर्नु पर्छ,  किनभने भाइरस ड्रपलेट इन्फेक्सन अन्तर्गत पर्छ । त्यसैले कोरोना भाइरसबाट पिडीत व्यक्तिले यदि खोकेमा अथवा हाछ्यूँ गर्दा यदि नजिक हुनुहुन्छ भने भाइरस तपाईंमा पनि फैलन सक्छ । यदि यो भाइरसको संक्रमण तपाइर्ंलाई भएको छ भने तपाइर्ंले पनि मास्क लगाउनु अति नै आवश्यक छ । बाहिर कतै ननिस्केर घरमा नै आराम गर्नु पर्छ । यसो गर्दा आफुमा भएको जीवाणु अरुलाई फैलन पाउँदैन ।

समय-समयमा मधुमेहको स्तर जाँच गर्नु पर्छ 

मधुमेहका बिरामीहरुले आफ्नो ब्लड शुगरलाई नियन्त्रणमा राख्नु पर्छ । कुनै पनि किसिमको इन्फेक्सले ब्लड शुगरको स्तरलाई बढाउन सक्छ । त्यति मात्र नभएर यदि मधुमेहको स्तर नियन्त्रण भएता पनि इन्फेक्सन बढ्ने खतरा हुन्छ ।

समय-समयमा ग्लूकोमीटरले रगतमा ग्लूकोजको स्तरलाई मापन गरिरहनु पर्छ । यदि ब्लड शुगरको स्तर धेरै भयो भने डाक्टरको सल्लाह लिएर त्यसलाई तुरुन्त नियन्त्रण गर्नु पर्छ ।

टाइप-१ अथवा टाइप-२ मधुमेह, जसमा शुगरको स्तर उच्च हुने सम्भावना हुन्छ, जसमा केटोसिस अथवा डाइबेटिक केटोएसिडोसिसको विकास हुन्छ । हस्पिटलमा भर्ना नै त हुनु पर्दैन तर डाक्टरको सल्लाह लिनु आवश्यक छ । यस बाहेक इन्सुलिनको सुई कसैसंग पनि शेयर गर्नु हुँदैन ।

भिडभाड भएको ठाउँमा जानु हुँदैन

संसारभर अहिले कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले पनि अनावश्यक भिडभाड नगर्ने सूचना निकालेको छ । त्यस्तै भिडभाड हुने धेरै ठाउँहरुलाई केही समयका लागि बन्द गरिदिएको छ ।

तर पनि त्यस्ता धेरै ठाउँहरु छन्, जहाँ धेरै मानिसहरु जम्मा हुन्छन् । त्यसैले मधुमेहका रोगीहरुले त्यस्ता ठाउँहरुमा जानबाट बच्नु पर्छ । त्यस्ता भिडभाडमा विभिन्न रोगहरुबाट संक्रमण भएका मानिसहरु पनि हुन्छन । मधुमेहबाट पीडित मानिसहरुको रोग प्रतिरोधक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरु, जसमा अन्य रोगको संक्रमण रहेको हुन्छ, मधुमेहका रोगीहरु छिट्टै प्रभावित हुन्छन् ।

मधुमेहका सबै बिरामीहरुले कोभिड-१९बाट बच्नु आवश्यक छ । यदि  त्यसको संक्रमण भएको छ भने आफ्नो परिवारको सदस्यको सम्पर्कमा पनि आउनु हुँदैन । मधुमेहलाई राम्रोसंग नियन्त्रणमा राख्नु पर्छ र औषधि-उपचार जति सक्दो चाँडो लिने कोशिश गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment