+
+
Shares

किशोरी भेटेको निहुँमा अकलेशको हत्या गरेको परिवारको दाबी

प्रहरीले जाहेरी लिन नमानेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १५:१८

६ चैत, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ३ कटैयामा १४ बर्षीय अकलेश माली गत फागुन ६ गते राति खाना खाएर एकैछिनमा आउँछु भनी घरबाट निस्केका थिए । तर उनी फर्किएर आएनन् । खोजी गर्दा भोलिपल्ट विहान उनको शव फेला प¥यो ।

बुबा शिवनारायणकाअनुसार घरबाट निस्कनु अघि उनी मोवाइल चलाइरहेका थिए । कसैको फोन आएपछि घरबाट गएका थिए । ‘हजुरआमाको कोठामा बसिरहेको उ केहीबेरमै आउँछु भनेर गएको रहेछ । तर फर्केर आएन’ उनले भने ।

उनी आपँको रुखमा साडीको पासो लगाएको अवस्थामा भेटिएका हुन् । उनको दुवै खुट्टा भुइँमा छोइएको अवस्थामा देखिएको पिता शिवनारायणको भनाइ छ ।

परिवारकाअनुसार गाउँकै एक किशोरीसँग विगत केही महिनादेखि अकलेशको धेरै पटक एसएमएस आदान प्रदान भएको थियो । घटना भएको दिन पनि उनहिरुबीच धेरै कुराकानी भएको अकलेशको परिवारजनको भनाइ छ ।

अकलेश किशोरीकै अनुरोधमा घरबाट राति १० बजे निस्किएको र गाउँकै एक जनाको खाली घरमा बसी गफ गरिरहेको अवस्थामा किशोरीका परिवारका दीपककुमार मण्डल आएर छोरालाई कुटपिट गर्दै आँपको बगैचासम्म लगेको भिडियो आफूसँग रहेको शिवनारायणले बताए । ‘किशोरीले नै अकलेशलाई आफ्नै मान्छेले कुटपिट गर्दै लिएर गएको जानकारी गराएका छन्’ अकलेशका बुबा शिवनारायणले भने, ‘मेरो छोराको आत्महत्या नभई हत्या गरिएको हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?