+
+
Shares

किशोरी भेटेको निहुँमा अकलेशको हत्या गरेको परिवारको दाबी

प्रहरीले जाहेरी लिन नमानेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १५:१८

६ चैत, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ३ कटैयामा १४ बर्षीय अकलेश माली गत फागुन ६ गते राति खाना खाएर एकैछिनमा आउँछु भनी घरबाट निस्केका थिए । तर उनी फर्किएर आएनन् । खोजी गर्दा भोलिपल्ट विहान उनको शव फेला प¥यो ।

बुबा शिवनारायणकाअनुसार घरबाट निस्कनु अघि उनी मोवाइल चलाइरहेका थिए । कसैको फोन आएपछि घरबाट गएका थिए । ‘हजुरआमाको कोठामा बसिरहेको उ केहीबेरमै आउँछु भनेर गएको रहेछ । तर फर्केर आएन’ उनले भने ।

उनी आपँको रुखमा साडीको पासो लगाएको अवस्थामा भेटिएका हुन् । उनको दुवै खुट्टा भुइँमा छोइएको अवस्थामा देखिएको पिता शिवनारायणको भनाइ छ ।

परिवारकाअनुसार गाउँकै एक किशोरीसँग विगत केही महिनादेखि अकलेशको धेरै पटक एसएमएस आदान प्रदान भएको थियो । घटना भएको दिन पनि उनहिरुबीच धेरै कुराकानी भएको अकलेशको परिवारजनको भनाइ छ ।

अकलेश किशोरीकै अनुरोधमा घरबाट राति १० बजे निस्किएको र गाउँकै एक जनाको खाली घरमा बसी गफ गरिरहेको अवस्थामा किशोरीका परिवारका दीपककुमार मण्डल आएर छोरालाई कुटपिट गर्दै आँपको बगैचासम्म लगेको भिडियो आफूसँग रहेको शिवनारायणले बताए । ‘किशोरीले नै अकलेशलाई आफ्नै मान्छेले कुटपिट गर्दै लिएर गएको जानकारी गराएका छन्’ अकलेशका बुबा शिवनारायणले भने, ‘मेरो छोराको आत्महत्या नभई हत्या गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?