+
+
Shares

सार्वजनिक सवारीलाई देशभर चल्न रुट इजाजत नचाहिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १९:३३

६ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले सरकारले स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट पर्मिट खुला गरेको हो । बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् ।

काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन यस्तो निर्णय लिइउको विभागले बताएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।

इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने विश्वास गरिएको छ । यस्तै विभागले हाल १३ वटा रुटमा सञ्चालनमा रहेका नेपाल-भार मैत्री बस सेवा स्थगित गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?