+
+

गाेकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते ९:१०
गत फागुन २८ गते बम विस्फोट गराइएको मनोहराफाँटस्थित पूर्वमन्त्री बास्कोटाको निवास

७ चैत, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई जानकारी दिए ।

‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखा प्रमुख थापाले अनलाइनखबरसँग भने ।

पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।

पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?