+
+
Shares

नाम्चेका होटल अनिश्चितकालसम्मका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते ९:३५

७ चैत, काठमाडौं । सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ ।

विश्वव्यापी रूप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्क रहँदै नाम्चेमा रहेका होटल तथा लज बन्द गरिएकाे हाे ।

लज एण्ड होटल एशोसिएसन, नाम्चेले एक विज्ञप्ति जारी गर्दै  यो निर्णय आजैदेखि कार्यान्वयनमा आएको जनाएकाे छ ।

एशोसिएसनका अनुसार, सरकारले अर्को निर्णय लिएपछि भने बन्द होटल पूर्ववत् सञ्चालनमा ल्याइने छ ।

‘कोरोनाप्रति सतर्कता अपनाउन यही मार्च २० देखि नेपाल सरकारले घोषणा गरेअनुरूप अर्को सूचना प्रकाशित नभएसम्म नाम्चेमा रहेका सम्पूर्ण होटल तथा जल बन्द गर्ने जानकारी गराइन्छ,’ अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी सूचनामा भनिएको छ ।

सरकारको उच्चस्तरीय समन्वय समितिले हालै कोरोनाप्रति सतर्कता अपनाउन विभिन्न निर्णय गरेको थियो ।

सरकारको यस्तो निर्णयसँगै विभिन्न पेसा तथा व्यवसायीहरूले सचेतना र सर्कता बढाउँदै लगेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?