Comments Add Comment

हङकङमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै धेरै

७ चैत, काठमाडौं । हङकङमा अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार ४८ जना नयाँ संक्रमित भेटिएका हुन् ।

चिकित्सा क्षेत्रका विशेषज्ञहरुले विदेशबाट नयाँ संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइरहेको अवस्थामा हङकङमा ठूलो संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । यससँगै हङकङमा समग्र कोरोना भाइरस संक्रमितको संख्या २५६ पुगेको छ ।

हङकङमा भेटिएका नयाँ संक्रमितमध्ये धेरै विदेशबाट आएका मानिसमा देखिएको छ । स्थानीय मानिसमा देखिएकोमध्ये एक संक्रमण ट्याक्सी चालकमा देखिएको छ, जसले एयरपोर्टबाट मानिस ओसार्ने गरेका थिए । हङकङका अधिकारीहरुले अहिले बढ्दो संक्रमण रोक्नका लागि आपतकालीनबाहेकका उपाय अपनाउनुपर्ने बताएका छन् ।

हङकङका अधिकारीहरुले बाहिरबाट आएको संक्रमितको कारण संक्रमितको संख्या अझै बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय हङकङका नागरिकहरु घर फर्किन थालेका छन् । त्यसैले बाहिरबाट हङकङमा भित्रिने खतरा बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment