Comments Add Comment

लामो दूरीका रुटमा मोटरसाइकल पनि चलाउन पाइन्न : यातायात विभाग

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् ।

यो घोषणासँगै कुन कुन सवारी साधन कहाँ-कहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।

जस्तो निजी सवारीसाधन लिएर जान पाइन्छ कि पाइँदैन ? लामो रुट कुन-कुन हुन् ? लगायत.. ।

यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’

लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ ।

महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालका यात्रुबहाक सवारी चलाउन पाइने छैन ।

यो पनि पढ्नुहोस चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित यो पनि पढ्नुहोस चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द यो पनि पढ्नुहोस प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment