Comments Add Comment

घरमै बसेर काम गर्दा खानामा कसरी दिने ध्यान ?

कोरोना भाइरसको असर पछिल्लो समय देशभरी तीब्र रुपमा फैलिँदैछ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको भएपनि यसको त्रासका कारण असर भने तीब्र रुपमा देशभरी नै फैलिएको हो । विश्वभरी नै यसका संक्रमितहरुको संख्या बढिरहेको छ । सम्भावित संकटको अवस्थालाई केन्द्रित गर्दै सरकारले विभिन्न निर्देशन एवं आग्रहहरु पनि गर्दै आएको छ ।

यस्तो अवस्थामा सरकारले घरमा नै रहनको लागि आग्रह गरिरहेको छ भने धेरै कम्पनीहरुले समेत कर्मचारीहरुलाई कामको प्रकृति हेरेर घरमै बसेर काम गर्नको लागि आग्रह गरिरहेका छन् ।

तर, यसरी घरमा बसेर काम गर्दा आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने ? एकातिर घरमा कामको लागि राम्रो वातावरण नै हुँदैन भने अर्काेतिर आफ्नो बानी पनि बिग्रने गर्छ । घरबाट काम गर्दा आफ्नो स्वास्थ्यमा कसरी ख्याल गर्ने ? भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । त्यसैले घरमा बसेर काम गरिरहँदा पनि केही स्वस्थ खानेकुराहरुमा ध्यान दिनु आवश्यक देखिन्छ ।

सुख्खा फलहरू

सुख्खा फलले भोकलाई कम गर्ने र शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्छ । त्यसकारण, दिनमा केही सुख्खा फलहरू सबैको लागि महत्वपूर्ण हुन्छ । यदि तपाईं घरबाट काम गर्दै हुनुहुन्छ भने दुई वा तीन दाना बदाम, काजू, किशमिश, ओखर आदि खानुपर्छ । नरिवलको न्यूनतम मात्रा मात्रै भएपनि प्रत्येक दिन उपभोग गर्दा वजन घटाउन यसले सहयोग पुग्छ ।

भुटेको चना

भुटेको चना सबैभन्दा सजिलैसँग उपलब्ध खाजा हो । जुन प्रोटिन, फाइबर, क्याल्सियम, फलाम र भिटामिनले भरिएको हुन्छ । यो बहुउपयोगी खाद्य पदार्थ हो । यसको सेवन गरेर, न त शरीर मोटोपना बढ्छ न त पेटको समस्या नै हुन्छ । यो एक स्वस्थ खाजा हो जसमा धेरै क्यालोरी पाउन सकिन्छ ।

स्प्राउट्स

बजारमा चाना, मुंग वा कीट स्प्रउट्स आरामसँग पाउन सकिन्छ । तिनीहरूलाईसँगै मिसाउने र यसमा गोलभेँडा, प्याज र अन्य मनपर्ने तरकारीहरू समेत राख्नुपर्छ । माथि कागती र चाट मसाला थप्नुहोस् जसलाई खाजामा राखेर खान सकिन्छ ।

फलफूल

केरा, स्याउ, सुन्तला, अंगुर र आरु जस्ता फलहरूको सिजन हो अहिले । त्यसैले घरमै बसेर यस्ता खानेकुराहरु खान सकिन्छ । यसबाट हामीले फाइबर र भिटामिनहरू पनि पाउन सक्छौं ।

ओट्स

जब तपाईं घरैबाट काम गर्दै हुनुहुन्छ भने यो समयमा स्वस्थ आहार लिनु अति आवश्यक हुन्छ । यसको लागि हामीले मल्टिग्रेनलाई आफ्नो खानामा समावेश गर्न सकिन्छ । किनकि यसले हाम्रो वजनलाई नियन्त्रण गर्न मद्दत गर्नेगर्छ ।

गाढा चकलेट

चकलेट पनि हामीहरुको घरमा बसेर काम गर्दाको आहार बन्न सक्छ । थोरै दुधयुक्त चकलेटले पनि हाम्रो खराब मुडलाई तत्कालै परिवर्तन गराइदिन सक्छ । यसले तलतल मेटाउन समेत महत्वपूर्ण भूमिका खेल्छ । यो क्यालोरी कम छ साथै मीठा खानाको लागि तृष्णा कम गर्दछ ।

आफ्नो मोटोपन कम गर्नेबारे ध्यान दिनु आवश्यक

खाजा खाँदा तपाईको भोक मेटाउनु एउटा आवश्यकता हो भने त्यो भन्दा बढी सेवन गर्दा मोटोपन हुने सम्भावना समेत उस्तै हुन्छ । नट, प्रोटिन बार वा फलफूल र तरकारीहरूको सन्तुलन मिलाएर खाने बानीको विकास गर्नुपर्छ । कुनैपनि चीजको अधिक प्रयोगले शरीरलाई हानि पुर्‍याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment