Comments Add Comment

अत्यावश्यक बाहेकका सेवा बन्द भए पनि सरकारी कार्यालय खुल्ने

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने घोषणा गरे पनि सरकारी कार्यालय भने बन्द नहुने भएका छन् । सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वसाधारणको भीडभाड नहोस् र संक्रमणको कुनै जोखिम नरहोस् भनेर अत्यावश्यक बाहेकका सरकारी सेवामात्र बन्द गरिएको तर सरकारी अड्डाहरु भने बन्द नहुने बताए ।

कुन कुन कार्यालयबाट सेवा प्रदान हुनेछ भन्ने बारेमा उच्चस्तरीय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयको छलफलपछि सर्वसाधारणलाई प्रष्ट हुनेगरि जानकारी गराइने समेत थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment