+
+
Shares

कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते २०:१७

७ चैत, काठमाडौं । कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार  राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका हुन् ।

सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेसमा यो कोषको घोषणा गरिएको थियो । भारतले एक करोड अमेरिकी डलर योगदान गर्ने बताएको छ ।

यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?