+
+
Shares

यी हुन् अत्याश्यक सेवा, जुन बन्द हुने छैन !

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते २०:३५

७ चैत, काठमाडौं । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्तो छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

सरकारले बन्द गरेका सेवाहरु

  • नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
  • सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
  • देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
  • आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ ।
  • मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
  • विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

उसोभए बन्द नहुने कुन–कुन सेवाहरु अत्यावश्यक सेवा हुन् त ?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अत्यावश्यक सेवा भनेर आवश्यक सेवा ऐन २०१४ मा परिभाषित सेवा मात्र हुन् वा त्यसभित्रका कतिपय सेवाहरु पनि बन्द हुन्छन् भन्ने अझै प्रष्ट भइसकेको छैन । यसबारे चाँडै सुचित गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्रालयका अधिकारीहरुको भनाइलाई आधार मान्ने हो भने कुन कुन सेवाहरु बन्द हुनेछन् र कुन कुन सेवाहरु सञ्चालन हुनेछन् भन्नेबारे सरकारी तहबाटै थप व्याख्याको खाँचो देखिएको छ ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरुभित्र चाहिँ निम्न सेवाहरु पर्छन् ।

हेर्नुहोस् राजपत्र

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?