Comments Add Comment

मालिस : सुत्केरी अवस्थामा उपयोगी मालिस

सुत्केरी भइसकेपछि तोरीको तेलमा लसुन र मेथी फुराएर मालिस गराइन्छ । यो हाम्रो परम्परागत विधी हो । मालिसले शरीरको मांसपेशी, हड्डी, जोर्नीलाई बलियो बनाउँछ । रक्त संचारमा सघाउ पु¥याउँछ ।

त्यसो त अहिले सामान्य मानिसहरु पनि मालिस गराउने गर्छन् । शहरी क्षत्रेमा स्पा सेन्टरले यस्तो सेवा दिइरहेको छ । यद्यपी मालिस गराउन स्पा नै धाउनुपर्छ भन्ने छैन । यो घरमा सामान्य रुपमा गर्न र गराउन सकिन्छ । मालिसका लागि खास ज्ञान पनि चाहिँदैन । सामान्यतः हातमा तेल लगाएर शरीरमा विस्तारै स्पर्श गर्ने र हल्कासँग मिच्ने हो ।

यसो गर्दा शरीरको मांशपेसी तन्दुरुस्त हुन्छ । रक्तप्रवाह राम्ररी हुन पाउँछ ।

सुत्केरी अवस्थामै किन ?

बच्चा जन्माएपछि बच्चा जन्माएपछि धेरैजसो महिलाहरुको तौल बढ्न थाल्छ र अंगहरुमा स्फुर्ति हराउँछ । पहिलेका मानिसहरुको मान्यता थियो कि मालिसले महिलाहरुको शरीर सुगठित बनाउँछ र पुन पहिलेकै आकारमा आउँछ । अहिलेको वैज्ञानिक चिकित्सा पद्दतिले पनि मालिसका कैयन फाइदाहरु देखाएको छ । त्यसैले महिलाहरु गर्भवती भएपछि मालिस गराउनु अनिवार्य छ ।

मालिसका फाइदाहरु

– मालिसले मांसपेशीहरुमा रगत तथा अक्सिजनको आपूर्ति बढाउँछ । त्यसैले किड्नीले राम्रोसँग काम गर्छ र शरीरबाट सबै हानीकारक विषाक्त पदार्थहरु बाहिर निस्किन्छन् ।

– मालिसबाट शरीरले चाँडै नै अक्सिटोसिन रिलिज गर्छ जसको कारणले आमाको शरीरमा दूध राम्ररी बन्छ । स्तनको मालिस हल्का हातले गर्नुपर्छ र अत्यधिक सावधानी अपनाउनुपर्छ किनकी कडा हातले मालिस गर्दा नोक्सानी पनि पुग्न सक्छ ।

– यदि अपरेसनबाट डेलिभरी भएको हो भने तुरुन्तै मालिस गर्न थाल्नु हुँदेन, किनकी अपरेसनको टाँका टुट्न सक्छ । त्यसैले यस्तो केसमा टाँको घाउ पुरिएपछि मात्रै मालिस सुरु गर्नुपर्छ र टाँका लागेको ठाउँमा हलुका हातले मालिस गर्नुपर्छ ।

– मिठो सुवास आउने तेलले मालिस गर्दा शरीर र म दुवैलाई शान्ति प्राप्त हुन्छ ।

–डेलिभरीपछि अक्सर महिलाहरुको मांसपेशीहरु कमजोर हुन्छन् । मालिसले यी कमजोर मांसपेशीहरुलाई शक्ति प्राप्त हुन्छ र स्वास्थ्य चाँडै नै सामान्य हुन्छ ।

–डेलिभरीपछि  केही भागमा दुखाई भइरहन्छ । मालिसबाट यसमा आराम मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment