
‘मिस नेपाल–२०२०’ स्थगित भएको छ । कोरोनाको त्रासका कारण बैशाख ३ गते हुने भनिएको मिस नेपालको प्रतियोगिता अनिश्चित समयको लागि स्थगन गरिएको हो ।
सरकारले मेला-महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्ने आदेश दिएकाले मिस नेपाल प्रतियोगिता स्थागन गरिएको आयोजक संस्था हिडन ट्रेजरले बताएको छ । मिस नेपालको फाइनल बैशाख १८ गतेभन्दा पछाडि हुनेछ ।
मिस नेपाल – २०२० को अडिसन पोखरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा सकिसकेको छ । काठमाडौंमा मात्रै अडिसन बाकीँ थियो । अब उक्त अडिसन पनि अनिश्चित समयको लागि पछि सारिएको छ ।
यस वर्ष मिस नेपालमा जम्मा ४ उपाधी रहेका छन् । मिस युनिभर्सको उपाधी यस वर्ष नेपालले पाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4