+
+
Shares

पेट्रोलियम पदार्थ र ग्यास अभाव टार्न भोलिदेखि हेल्प डेस्क

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ८ गते २०:४५

८ चैत, काठमाडौं । ग्यास तथा पेट्रोलियमको आपतकालीन सुविधा उपलब्ध गराउन आइतबारबाट नेपाल आयल निगमले हेल्प डेस्क सञ्चालनमा ल्याउने भएको छ ।

निगममा रहने हेल्प डेस्कमा व्यवसायी पनि रहने छन् । सबै खालका इन्धन र पेट्रोलियम अभाव झेल्ने उपभोक्ताले उक्त डेस्कमार्फत सेवा पाउने निगमले जनाएको छ ।

निगम परिसरमा रहने हेल्प डेस्कको फोन नम्बर अझै सार्वजनिक गरिएको छैन । हेल्प डेस्कबाट पेट्रोलियम पदार्थको अभाव भोगेका उपभोक्तालाई सहजीकरण गरिने निगमले बताएको छ ।

त्यसैगरी उपत्यकामा ग्यास वितरण सहज बनाउन थप १७ ठाउँबाट ग्यास विक्री गर्न थालिएको छ ।

कोरोना त्रासका कारण खाना पकाउने ग्यासको माग बढेपछि अभाव चर्किएको छ । यस्तो अवस्थामा उपभोक्तालाई सहज बनाउन ग्यास उद्योग संघको सहकार्य गरेर निगमले ग्यास बाँड्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?