Comments Add Comment

वीरगञ्जमा मास्क र सेनिटाइजर निःशुल्क वितरण

९ चैत, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जमा मास्क र सेनिटाइज निःशुल्क वितरण गरिएको छ ।

कतिपयले सेनिटाइजरले हात पुस्न सिकाइरहेका छन् । समाजवादी पार्टीका सांसद प्रदीप यादवले मास्क र सेनिटाइजर वितरण गरेका हुन् । एक हजार थान मास्क र एक कार्टुन सेनिटाइजर वितरण गरिएको उनले बताएका छन् ।

आइतबार बिहान माइस्थान, मिनाबजार, घण्टाघरलगायतका स्थानमा मास्क र सेनिटाइजर वितरण गरिएको थियो । बढी भिडभाड हुने माइस्थान, मिनाबजार, घण्टाघर क्षेत्रमा कोरोना भाइरस संक्रमणको बढी जोखिम भएकोले मास्क र सेनिटाइजर वितरण गरिएको सांसद यादवले बताए ।

‘माइस्थान, मिनाबजार, घण्टाघर मानिसहरुको बढी भिडभाड हुने क्षेत्र हो, कोरोना भाइरसको संक्रमण भित्रियो भने भयाबह स्थिति बन्न सक्छ,’ यादवले भने, ‘त्यसैले सर्वसाधरणलाई माक्स र सेनिटाइजर दिएर यसको प्रयोगबारे सचेत गराएको हुँ ।’

सांसद यादवले माक्स र स्यानिटाइजर वितरण गर्ने क्रममा २५ जनाभन्दा बढीको भिड गएको भन्दै कतिपयले आलोचनासमेत गरेका थिए । तर सांसद यादवले भने ती स्थान मानिसहरुको बढी भिडभाड नै हुने स्थान भएको बताए ।

आइतबार बिहान जीपी कोइराला फाउन्डेशन पर्साले घण्टाघरमा मानिसहरुलाई सेनिटाइजरले हात पुस्न लगाएको छ ।

विभिन्न स्थानबाट घण्टाघर हुँदै यात्रा गरिरहेका सर्वसाधरणलाई सेनिटाइजरको प्रयोगबारे सचेतना जगाइएको प्रतिष्ठान पर्साका अध्यक्ष मोहम्मद सहावुद्धिनले जानकारी दिए ।

भिडभाडलाई कम गर्न स्थानीय प्रशासनले वीरगञ्जमा चिया पसलसमेत बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment