Comments Add Comment

दक्षिण एसियामा फैलिँदै कोरोना भाइरसको प्रकोप

९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तारै दक्षिण एसियाली देशमा फैलिन थालेको छ । विशेषगरी पाकिस्तान र भारतमा यसको संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

आइतबार पाकिस्तानमा १ सय ४४  जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिसको संख्या ६ सय ४५ पुगेको छ ।

त्यस्तै भारतमा ८३ जनामा नयाँ संक्रमण भई संक्रमित हुनेको संख्या ३ सय ३२ पुगेको छ ।

त्यस्तै बंगलादेश र अफगानिस्तानमा ४/४ जनामा यो भाइरसको संक्रमण देखिएको छ । समग्र दक्षिण एसियामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ११८ पुगेको छ ।

उनीहरु मध्ये ११ जनाको मृत्यु भएको छ । आइतबार बंगलादेशमा थप एक जनाको ज्यान गएसँगै दक्षिण एसियामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको हो । अहिलेसम्म पाकिस्तानमा ३, भारतमा ६ र बंगलादेशमा २ जनाको ज्यान गएको छ ।

पछिल्लो समययता दक्षिण एसियामा उल्लेख्य संख्यामा यो भाइरसको प्रकोप फैलिइरहेको छ । यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई भाइरसको उच्च जोखिम रहेको मुलुकको सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment