Comments Add Comment

बुद्ध एयर घटायो भाडाको अधिकतम् सीमा

९ चैत, काठमाडौं । बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यात्रुको चाप बढेको बाहाना बनाएर एयरलाइन्स कम्पनीहरुले काठममाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएका थिए ।

सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गरेको छ । अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा अटाइएको बुद्धले जनाएको छ ।

शनिबार पर्यटन मन्त्रालयले पनि एयरलाइन्सहरुलाई भाडा घटाउन अनुरोध गरेको थियो । उनीहरुले भाडाको सीमा घटाउने प्रतिवद्धता पनि जनाएका थिए ।

शनिबार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो ।
यस्तो छ घटेको भाडाको सीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment