Comments Add Comment

संसदीय समितिको निर्देशन : विदेशीलाई रोक, नेपालीलाई क्वारेन्टाइनमा राख

९ चैत, काठमाडौं । संसदीय समितिले विदेशीलाई पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिले विदेशीलाई नेपाल आउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो । त्यस्तै विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र सीमालगायतका भन्सार नाकाबाट आउनेको अनिवार्य चेकजाच गर्न निर्देशन दिएको छ ।

समितिले उपभोग्य वस्तु, औषधी, परीक्षण यन्त्र र कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सिकको सुरक्षाको उचित व्यवस्था मिलाउन पनि सरकारलार्ई निर्देशन दिएको छ ।

समिति बैठकमा सांसदहरुले तत्काल सीमा नाका बन्द गर्न र विदेशी मित्रराष्ट्रहरुले दिने सहयोग लिन सरकारलाई आग्रह गरेका थिए ।

समिति बैठकमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बैठकमा उठेका विषय मन्त्रिपरिषद बैठकमा राख्ने बताएका छन् ।

उनले अहिले नेपालमा खाद्यान्न र औषधीमा कुनै समस्या नहुने भन्दै सरकारले सुरक्षा र सतर्कताको भरमग्दुर प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment