+
+
Shares

जर्मनीमा दुईभन्दा बढी व्यक्तिको जमघट निषेध, मर्केल पनि क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ८:१८

१० चैत, काठमाडौं । कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको बीबीसीले लेखेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यस्तो प्रतिबन्ध घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि लगाइएको हो ।

यसैबीच अमेरिकी सांसद रेन्ड पलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी केन्टकीबाट रिपब्लिकन सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?