Comments Add Comment

पाकिस्तान र अफगानिस्तानमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

१० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण दक्षिण एसियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा आइतबार तीन जनाको ज्यान गएको छ । यससँगै दक्षिण एसियामा समग्र मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

आइतबार कोरोना भाइरसको कारण पाकिस्तानमा दुई जनाको ज्यान गएको हो । त्यस्तै अफगानिस्तानमा पनि एक जनाले ज्यान गुमाएका थिए । पाकिस्तानमा यो भाइरस संक्रमितको संख्या पनि ७७६ पुगेको छ । दक्षिण एसियामा पाकिस्तान यो भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । अफगास्तिानमा पनि भाइरसबाट संक्रमितको संख्या ४० पुगेको छ ।

दक्षिण एसियाली मुलुकमा भारतमा अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । भारतमा यो भाइरसबाट संक्रमितको संख्या ३९६ पुगेको छ ।

त्यस्तै श्रीलंकामा पनि यो भाइरसका संक्रमितको संख्या ८२ पुगेको छ ।

माल्दिभ्समा पनि १३ जनामा यो भाइरसको संक्रमण फेला परेको छ । पछिल्लो केही दिनयता दक्षिण एसियामा यो भाइरसको प्रकोप उल्लेख्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment