Comments Add Comment

टोकियो ओलम्पिकबारे निर्णय गर्न ४ साताको डेडलाइन

काठमाडौं । विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व खेलकुद नै प्रभावित बनिरहेका बेला जापानमा हुने टोकियो ओलम्पिक सर्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी जुलाई र अगष्टमा हुने ओलम्पिकबारे के गर्ने भनेर आइतबार छलफल गरेको थियो । आईसीसीले पनि ओलम्पिक स्थगित हुनसक्ने ग्रिन सिग्नल दिएको छ । तर तत्कालै के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

आईओसी आफैंले टोकियो ओलम्पिकको भविष्य के हुने भन्ने निर्णय गर्न ४ हप्ताको डेडलाइन तय गरेको छ ।

टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । तर विश्वभर महामारीका रूपमा फलिएको कोभिड–१९ ले गर्दा सबै खेल गतिविधि प्रभावित छ । ओलम्पिककै तयारी र क्वालिफायङ इभेन्टहरू समेत कोरोनाले प्रभावित बनेको छ ।

अहिले विश्वका विभिन्न देशका ओलम्पिक कमिटी खेलकुद संघहरूले पनि ओलम्पिक स्थगित गर्न माग गरिरहेका छन् ।

यसैसन्दर्भमा आइतबार आईओसीको कार्यकारी बोर्डको बैठक बसेको हो । जसले विश्वभर भयावह बन्दै गएको कोरोनाका कारण ओलम्पिक सार्ने विषयमा छलफल गरेको थियो ।

ओलम्पिक रद्द गर्नेबारे नसोचेको र स्थगित हुनसक्ने वा अर्को वर्ष गरिन सक्ने आईओसीका अध्यक्ष थोमस बाकले बताएका छन् । चार हप्तापछि ओलम्पिकबारे अन्तिम निर्णय हुने बाकले बताएका छन् ।

यस्तै, अवस्था रहिरहे आईओसीले टोकियो ओलम्पिकबारे निर्णय गर्न अर्को कदम चाल्नुपर्ने जनाएको छ ।

क्यानडाको ओलम्पिक कमिटीले पनि ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राखेको छ । उसले यस्तो माग अघि सार्दै जुलाईमा आफ्नो खेलाडी नपठाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment