Comments Add Comment

अस्ट्रेलियामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं । अस्ट्रेलियाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले यस्तो योजना अघि सारेको हो । अहिले अस्ट्रेलियामा तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ ।

अस्ट्रेलियाले आइतबार क्लबहरू, पार्टी, जिम, सिनेमा हल र धार्मिकस्थलमा रोक लगाउने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो केही दिनयता अस्ट्रेलियामा तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ । १ हजार ६२९ जनामा यो भाइरसको संक्रमण देखिइसकेको छ ।

अहिले सरकारले लगाएको प्रतिबन्धको कारण धेरै व्यवसायहरू बन्द हुनेछन् । तर, पेट्रोल स्टेशन, फार्मेसी र होम डेलिभरी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । प्रधानमन्त्री स्कट मौरिसनले विद्यालयहरू अझै पनि खुला राख्ने तर अभिभावकले चाहेको खण्डमा उनीहरूलाई घरमा नै राख्न सकिने बताएका छन् । अहिलेसम्म कोभिड–१९ बाट अस्ट्रेलियामा सात जनाले ज्यान गुमाइसकेका छन् । शनिबार सिड्नीका समुद्री किनारामा ठूलो भेला जम्मा भएपछि सरकारले आइतबार यस्तो घोषणा गरेको हो । मौरिसनले अस्ट्रेलियाका मानिसले सरकारको सुझाव अटेर गरेकाले यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment