Comments Add Comment

प्रदेश १ मा ५० शय्याको कोरोना विशेष अस्पताल बन्दै

१० चैत, विराटनगर । प्रदेश १ मा ५० शय्याको कोरोना विशेष अस्पतालको निर्माण तिब्र पारिएको छ ।

प्रदेश १ सरकारले विराटनगरको नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडको भवनमा १० शय्याको आईसीयूसहित ५० शय्याको कोरोना विशेष अस्पताल निर्माण सुरु गरेको हो ।

एक सातामा अस्पताल तयार हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

मंगलबारदेखि ओपिडी बन्द

प्रदेश सरकारले मंगलबारबाट प्रदेशभित्रका अस्पतालका आकस्मिकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्री घिमिरेले पत्रकार सम्मेलन गर्दै मंगलबारबाट अस्पतालबाट आकस्मिकबाहेक अन्य सेवा बन्द गरिने बताएका हुन् ।

कोरोना संक्रमणको त्रास फैलिएसँगै प्रदेश १ का विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकाले लकडाउन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment