Comments Add Comment

कोरोना रोकथाम कोषमा धितोपत्र बोर्डद्वारा ५० लाख जम्मा

११ चैत, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

बोर्डले रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग रकम कोषको खातामा जम्मा गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले पुँजी बजारसँग सम्बन्धीत अन्य संस्थाहरुलाई समेत सहयोग गर्न अपिल गरेको छ ।

पुँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम  सहयोग पुर्याउन बोर्डले विज्ञप्तीमार्फत भनेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment