Comments Add Comment

सरकारले भन्यो : आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउनुस्

११ चैत, काठमाडौं । सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गरेको छ ।

साथै अहिलेसम्म बनेका कोषहरुमा पनि आफ्नो संस्थाको मात्र रकम जम्मा गर्न र त्यसलाई हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो । सरकारले कोरोना भाइरस उपचार कोष बनाएको छ । तर प्रदेशहरुले पनि आ-आफ्नो कोष बनाएको छ भने निजी क्षेत्रले पनि आफूखुसी राहत कोष बनाएर रकम जम्मा गर्न थालेका छन् ।

तर समितिले सरकारले नै केन्द्रीय कोष बनाइसकेकाले सबैले यही रकम जम्मा गर्नु उपयुक्त हुने बताएको छ । सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘कथमकदाचित कुनै संंस्थाले कोष खडा गरिसक्नु भएको रहेछ भने त्यो कोषमा आफू मातहतका संस्था, कर्मचारी वा निकायका व्यक्तिहरुको मात्र रकम संकलन गर्ने र त्यो रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment