+
+
Shares

सरकारले भन्यो : घरमै बसेर सहयोग गरेकोमा धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १७:२३

११ चैत, काठमाडौं । सरकारले आफ्नो आह्वानअनुसार घरमा बसेर सहयोग गरेको भन्दै जनतालाई धन्यवाद दिएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले धन्यवाद प्रस्ताव पास गरेको थियो ।

समितिले नै मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न रोक लगाएको थियो । त्यसअनुसार अत्यावश्यक काममा बाहेक मानिसहरु घरबाहिर निस्किएका छैनन् । मंगलबार बिहान घरबाहिर आएका केही मानिसलाई भने प्रहरीले सम्झाएर फर्काएको थियो ।

दिउँसो बसेको बैठकले सरकारले मागेअनुसार सहयोग प्रदान गरेको भन्दै जनतालाई धन्यवाद दिएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । बैठकपछि उनले भने, ‘आफू पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं भनेर सरकारले मागेका सहयोग प्रदान गर्नु भएको सरकारको तर्फबाट सबैलाइ धन्यवाद दिने निर्णय गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?