Comments Add Comment

आर्सनलका प्रशिक्षक अर्टेटा कोरोना मुक्त

काठमाडौं । इंग्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । ३७ वर्षीय अर्टेटालाई मार्च १२ मा कोरोना संक्रमण भएको थियो ।

अर्टेटाले स्पानिस टेलिभिजनसँग कुरा गर्दै आफू अहिले ठीक रहेको र राहत महसुस भएको बताए । अहिले मलाई ठिक छ । अब मलाई ठिक भए जस्तो अनुभव भइरहेको छ ।

अर्टेटालाई कोरोना संक्रमण भएपछि आर्सनलका खेलाडीहरु पनि आइसोलेसनमा बसेका थिए ।

यस्तै चेल्सीका युवा खलाडी कलुम हड्सन ओडओई पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment