+
+
Shares

अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १८:४९

११ चैत, न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए ।

१५ वर्षअघि आएका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।

पाँचथरको रानीगाउँमा जन्मेका सुब्बा १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । भाडाको ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?