+
+
Shares

कोरोना संक्रमणको आशंकामा दुबईबाट फर्किएका एक व्यक्तिलाई काठमाडौं पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते २१:३१

११ चैत, जनकपुरधाम । हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशंकामा जचाउन मंगलबार प्रादेश अस्पताल जनकपुरधाम आएका थिए ।

तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाएको छ । ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल पठाइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।

‘उनी संक्रमित थिए कि थिएनन्, भन्ने कुरा आफूहरुलाई थाहा भएन,’ डा. यादवले भने, ‘यहाँ चेकजाँचको सुविधा नभएकाले हामीले काठमाडौं नै पठाएका हौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?