Comments Add Comment

लकडाउनमा जनताबाट सरकारले गरेको अपेक्षा के हो ? (प्रदीप ज्ञवालीसँग भिडियो वार्ता)

पीपीईसहितका अत्यावश्यक उपकरण यसै साता आइसक्ने

१२ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिन नदिन सोमबारदेखि लागु गरेको ‘लकडाउन’ जनताकै सुरक्षाका लागि भएकाले घर बाहिर ननिस्कन पुनः आह्वान गरेको छ । औषधी र खाद्यान्न किन्नेबाहेक अन्य काममा बाहिर ननिस्कन सरकारको आग्रह छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले बाध्य भएर ‘लकडाउन’ गरेको हुनाले जनता आफैं आफ्नो सुरक्षाप्रति सचेत हुनुपर्ने बताए ।

मन्त्री ज्ञवालीले सानो लापरवाहीले ठूलो जोखिम निम्तिने भन्दै जनतालाई घर बाहिर ननिस्कन सुझाएका हुन् ।

अर्को एक प्रसंगमा मन्त्री ज्ञवालीले तत्काल कफ्र्यु घोषणा गर्ने सोचमा सरकार नरहेको बताए । यद्यपि जनताले अहिलेको अवस्थामा लकडाउनलाई आफ्नो सुरक्षाका लागि सरकारले चालेको बाध्यकारी कदमका रुपमा नबुझे अन्य देशमा जस्तै आफन्तको शोक मनाउनसमेत नपाउने अवस्था आउन सक्ने चेतावनी दिए ।

मन्त्री ज्ञवालीले चिकित्सकहरुको सुरक्षाका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरणसहितका आवश्यक मेडिकल सामाग्री ढिलोमा यही साताभित्र विमान चार्टर गरेर भने पनि ल्याइने बताए ।

चीन र भारत दुवैतिरबाट अत्यावश्यक मेडिकल उपकरणहरु ल्याउन लागिएको बताउँदै ज्ञवालीले सातै प्रदेशमा मोबाइल ल्याब राखिने जानकारी दिए ।

हेर्नुस् भिडियो वार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment